बागीहरूलाई बर्दिया कांग्रेसले साफ बनायो, कम्युनिस्टलाई फाइदा हुने हर्कत गरेपछि निर्मम निर्णय
बर्दिया । नेपाली कांग्रेस बर्दियाले पार्टीको नीति विपरित बागी बनेर स्वतन्त्र उम्मेदवारी दिने तथा समर्थक र प्रस्तावकहरूलाई कारबाही गरेर निस्काशन गरेको छ ।
बर्दिया कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेहरूमा राजापुर नगरपालिका– १ का लोकराज ढुंगाना, रामप्रसाद धमला, राजापुर नगरपालिका– ७ का रत्नाकार राना तथा राजापुर नगरपालिका– १० का रामकृष्ण चौधरी र नारायणबहादुर शाही रहेका छन् ।
मधुवन नगरपालिका– ३ बाट नारायण मल्ल, शरदकुमार राई, कुलबहादुर बुढा मगर, रामबहादुर मगर, रोइना थारू, प्रसादी थारू र जीतबहादुर थारूलाई पनि बर्दिया कांग्रेसले साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको छ ।
मधुवन नगरपालिका– ३ बाट रामप्यारी चौधरीलाई पनि कांग्रेसले निष्कासन गरेको अनुशासन समिति बर्दियाका संयोजक जगप्रसाद पाण्डेले जनाएका छन् ।
बर्दिया कांग्रेसले कम्युनिस्टलाई फाइदा हुने गरेर पार्टीको नीति विपरितका हर्कत गरेपछि निर्मम तरिकाले कारबाही गरेको छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया