कांग्रेस जिताउन भ्रातृ संस्थाहरूलाई सबै जिल्लामा परिचालन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन विभिन्न रणनीतिहरू बनाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा रहेको उप–समितिको निरन्तर बस्दै आएको बैठकले पार्टीका उम्मेदवारहरूलाई जिताउन सबै सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको उप–समितिको बैठकमा कम्युनिस्टको अधिनायकवादविरुद्ध कांग्रेसका उम्मेदवारहरूलाई जिताउने निर्णय भएको छ ।

उप–समितिका सचिव एवम् नेपाल तरुण दलका पूर्व उपाध्यक्ष उत्तम चापागाइँले सबै जिल्लाका भ्रातृ संस्थाका पदाधिकारीमध्यबाट समितिहरू बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, ‘कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई जिताउन हाम्रो उप–समितिको महत्वपूर्ण काम छ । त्यसमा हामी लागेका छौं ।’

भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिले मंगलबार सबै भ्रातृ संस्थाका सभापतिहरूसँग छलफल पनि गर्दैछ ।

Published : Monday, 2022 May 2, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया