कांग्रेसको सुरक्षा उप–समितिद्वारा गृहमन्त्रीसँग भेट, उदण्डहरूलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसको ‘निर्वाचन सुरक्षा निकाय समन्वय उप–समिति’का संयोजक रामहरि खतिवडाले गृहमन्त्री बालकृष्ण खाणसँग विभिन्न स्थानमा कांग्रेसका नेता कार्यकर्ता र उम्मेदवारहरूमाथि आक्रमण भएको भन्दै चिन्ता जनाएका छन् ।

पाल्पाको रामपुरसहितका विभिन्न स्थानमा एमालेका नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गर्ने हर्कत गरेपछि कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले खाणलाई निर्वाचन बिथोल्न खोज्ने हर्कतहरूलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएका हुन् ।

जवाफमा गृहमन्त्री खाणले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै अबाञ्छिट गतिविधि गर्नेहरूलाई सरकारले कुनै छुट नदिने बताए । खाणले निर्वाचनलाई शालिन, शान्तिपूर्ण बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्री खाणले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताएको संयोजक खतिवडाले उल्लेख गरेका छन् ।

कांग्रेस नेता खतिवडाले एमालेसहित विभिन्न दलका नेता कार्यकर्ता अराजक शैलीमा प्रस्तुत भइरहेको भन्दै चिन्ता जनाएका छन् ।

खतिवडाको उप–समितिमा २७ जना सदस्य छन् । उप–समितिको सदस्यहरूमा रविन्द्रलाल श्रेष्ठ (काठमाडौं), वामनप्रसाद न्यौपाने (भक्तपुर), मोदराज डोटेल (मोरङ्ग), हेम गुरुङ्ग (कास्की), गणेश केसी (ललितपुर), र टेकराज पौडेल (बागलुङ्ग) रहेका छन् ।

दिनेश अमात्य (धनकुटा), रमेश भुजेल (झापा), बिक्रमसिंह थापा (कपिलवस्तु), फरिदा खातुन (सुनसरी), खिमानसिंह रायमाझी (प्यूठान), प्रकाश महर्जन (काठमाडौं), सन्तोष पाण्डे (दोलखा), राजाराम पुडासैनी (काठमाडौं), भोला नेपाल (काभ्रेपलाञ्चोक) पनि सदस्य छन् ।

उद्धव खड्का (भक्तपुर), शालिकराम खनाल (नुवाकोट), शिव सुनार (सिन्धुपाल्चोक), लेखनाथ पोखरेल (अर्घाखाँची), सागर परियार (बागलुङ्ग) सदस्य छन् ।

प्रदीप सत्याल (काभ्रेपलाञ्चोक), नजवुल खाँन (उदयपुर), विजय डालमिया (झापा), सुरेश थापा मगर (स्याङ्जा) पनि सदस्य छन् ।

कांग्रेसका उप–सभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा खतिवडाको उप–समितिलाई काम गर्न निर्देशन दिएका छन् ।

Published : Monday, 2022 May 2, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया