खुला सभा बाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको ‘देशव्यापी कार्यक्रम समन्वय उप–समिति’ले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुला सभा बाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।

कांग्रेसका उप–सभापति समेत रहेका उप–समितिका संयोजक धनराज गुरुङले आफ्नो समितिले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्ने निर्णय भएको जनाएका छन् ।

‘देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा धेरै घरदैलो’ केन्द्रित गर्ने÷गराउने’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा उप–समितिका सदस्यहरू सह–महामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला एवं सदस्य सचिव प्रदीप पराजुलीको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 May 1, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया