कांग्रेसले सात ठाउँमा सभा गर्ने, धनराजले संयोजनको जिम्मेवारी पाए

काठमाडौं । नेपाली कांग्रेसले उप–सभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उप–समिति’ गठन गरेको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार उप–समितिको सदस्यहरूमा सह–महामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्य नानु बास्तोला रहेका छन् ।

उप–समितिको सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली रहेका छन् ।

उप–समितिले देशभरका पालिका एवम् विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन तथा परिचालन गर्नेछ ।

यसैबीच, कांग्रेसले विभिन्न सात स्थानमा खुला सभा आयोजना तय गरेको छ ।

सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्नेछन् ।

कांग्रेसले मोरङमा वैशाख २१ गते, धनुषामा वैशाख २२ गते, काठमाडौंमा वैशाख २३ गते र कास्कीमा वैशाख २४ गते खुला सभाको कार्यक्रम राखेको छ ।

रुपन्देहीमा वैशाख २५ गते, सुर्खेतमा वैशाख २६ गते र कैलालीमा वैशाख २७ गते सभा राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2022 May 1, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया