प्रहरीको आईजीपीमा सिंहको धमाका प्रवेश

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त भएका छन् ।

बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपीको दाबेदारमा विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक थिए । तर, सरकारले कार्यसम्पादन र विभिन्न मूल्यांकन गरेर सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

सिंह अपराध अनुसन्धानमा निकै अब्बल मानिन्छन् । नेतृत्व क्षमता भएकै कारण नेपाली कांग्रेस नेतृत्वको सरकारले सिंहलाई आईजीपी बनाएको छ ।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए ।

उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए । चैतमा धिरजप्रताप सिंह र रविन्द्र धानुक बढुवा भएका थिए ।

२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अनिवार्य अवकाशमा गएपछि सरकारले सिंहलाई आईजीपी बनाएको छ ।

Published : Sunday, 2022 May 1, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया