दुई प्रहरी संगठनको आईजीपी को–को ? पोखरेलसहित गृहले लग्यो क्याबिनेटमा प्रस्ताव

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी)का विषयमा निर्णय गर्ने भएको छ ।

अहिले केही समयपछि बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले दुई जना आईजीपीका विषयमा निर्णय गर्ने बुझिएको छ ।

नेपाल प्रहरीको आईजीपीमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नाम गृह मन्त्रालयले प्रस्तावका रुपमा अगाडि बढाएको बुझिएको छ । आईजीपीको दौडमा एआईजी धिरजप्रताप सिंह पनि छन् ।

पोखरेल पहिलो नम्बरका एआईजी हुन् । सिंह तेस्रो नम्बरमा छन् ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपालको आईजीपीमा समस्या छैन । गृह मन्त्रालयले एआईजी राजु अर्याललाई आईजीपीमा अगाडि बढाउने बुझिएको छ ।

Published : Sunday, 2022 May 1, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया