एमाले नेतृ मञ्जु भण्डारी कांग्रेसमा प्रवेश, मोहन बस्नेतद्वारा स्वागत

सुनकोशी । सिन्धुपाल्चोक जिल्लामा एमालेकी नेतृ मञ्ज भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

शबिार एमाले नेतृ भण्डारी कांग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वागत गरेका हुन् ।

सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन बनेपछि असन्तुष्ट बनेकी भण्डारी पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेकी हुन् ।

नेतृ भण्डारी एमालेको तर्फबाट सुनकोशी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी थिइन् । एमाले र माओवादीबीच गठबन्धन बनेपछि भण्डारीको टिकट काटिएको थियो ।

एमालेले भण्डारीलाई उपाध्यक्षबाट मनोनयन फिर्ता लिन दवाव दिएपछि फिर्ता लिएकी थिइन् ।

Published : Sunday, 2022 May 1, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया