दुरदर्शी छन् देउवा, कारबाहीको निर्णय ठीक छभन्ने कुरा ७२ घण्टाभित्रै पुष्टि

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही गरेर पार्टीबाट निकालेका नेता कर्णबहादुर मल्लको हर्कत पुष्टि भएको छ ।

एमालेसँग मिलेर कांग्रेस हराउन अभियान नै चलाएका र विद्रोही उम्मेदवारहरू उठाएको कुरा थाहा पाएपछि देउवाले मल्ललाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निकालेका थिए ।

देउवाले कारबाही गरेको दुई दिनपछि मल्लले एमालेसँग मिलेर निर्वाचनको प्रचार प्रसारका लागि सम्पर्क कार्यालय खोलेका छन् । देउवाले मल्ललाई कारबाही गरेको कुरा ७२ घण्टाभित्र पुष्टि भएको छ । मल्ल एमालेसँग मिलेर कांग्रेस हराउन लागेका छन् भन्ने कुरा प्रमाणित भएको छ ।

मल्लले शुक्रबार अमरगढीमा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका हुन् ।

नेपाली कांग्रेस वी.पी.को नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका मल्लले अमरगढीमा सम्पर्क कार्यालय बनाएका छन् ।

मल्लका साथै अमरगढी नगरपालिकाको मेयरमा उम्मेदवार बनेका हरिप्रसाद भट्टसहित एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो ।

मल्लले एमालेसँग गठबन्धन गर्दै डडेलधुरामा आफ्ना उम्मेदवार उठाएपछि कांग्रेसले उनलाई कारबाही गरिसकेको छ ।

तालमेल अनुसार अमरगढीको मेयरमा भट्ट र उप–मेयरमा एमालेका यज्ञराज अवस्थी उठेका छन् ।

Published : Friday, 2022 April 29, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया