बेनीका एमालेका मेयरका उम्मेदवार केसीको समाचारमा संशोधन

काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिकाका एमालेका मेयर सुरत केसीका सम्बन्धमा ‘एमालेका मेयरको उम्मेदवारको महिलाहरूसँगको यौनसम्पर्कवाला अश्लील अडियो र भिडियो सार्वजनिक’ शीर्षकमा प्रकाशित समाचारलाई संशोधन गरिएको छ ।

निर्वाचनको सन्दर्भ भएको हुनाले यो विषयलाई संशोधन गरिएको छ । आरोपसहित समाचारको स्रोत (अडियोसहितको भिडियो) आएको हो ।

निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले पनि स्पष्टीकरण सोधेको तथ्यगत पुष्टि आजभोलि नै स्रोतको भेरिफिकेशन गर्न र स्रोत भेरिफिकेशन गर्न समय लाग्ने तथा निर्वाचनको सन्दर्भ भएको हुनाले समाचार संशोधन गरिएको छ ।

आगामी दिनमा यस्ता कुरामा भुलचुक भएमा भुल सुधार गरिनेछ ।

निर्वाचनका बेला उम्मेदवारलाई आघात पर्न सक्ने देखिएको हुँदा हाललाई यसलाई हटाइएको छ ।

यस विषयमा विभिन्न निकायमा उजुरी परी प्रेस काउन्सिल नेपालबाट समेत स्पष्टीकरण माग भएको छ ।

पुष्टि हुन नसक्ने सामग्रीहरू के कति कारणले प्रकाशित गरियो भनेर स्पष्टीकरण सोधिएको अवस्थामा हामीलाई प्राप्त भएको विषय भेरिफिकेशन गर्दा समय लाग्ने र समय लिने हुँदा यतिखेर निर्वाचनको प्रक्रिया चलिरहेको सन्दर्भमा निर्वाचनमा उम्मेदवार हुनेलाई प्रमाणित तथ्य हामीले अहिले दिन नसक्ने भएको हुनाले यसलाई सच्याइएको छ ।

समाचारबाट सम्बन्धितलाई पक्षलाई पर्न गएको असजता र असुविधाप्रति क्षमाप्रार्थी छौँ । – सम्पादक

Published : Friday, 2022 April 29, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया