पाँच दलका बागीहरूको चेत नखुले शीर्ष नेतृत्वले औकात देखाइदिने

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले महानगर र ११ उप–महानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा भएको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ उप–महानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा परेका उम्मेदवारीहरू फिर्ता लिन पहल गर्ने निर्णय भएको हो ।

‘पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उप–महानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा भएको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

५ दलले भनेका छन्, ‘पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरित विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने ।’

‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन बाहिरको तालमेल खारेज नगरेर सम्बन्धित दलले तत्काल कारबाही गर्ने ।’

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

Published : Friday, 2022 April 29, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया