कम्युनिस्टको पत्तासाफ गर्न कांग्रेसको शक्तिशाली समितिले उप–समितिहरूको जालो देशभरि फैलाउने
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले उप–समितिहरूलाई कार्य गर्न निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले जिल्ला सभापतिहरूसँग समन्वय गरेर उप–समितिहरूलाई जिल्ला र पालिकास्तरसम्म समिति बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘उप–समितिहरूले नेपाली कांग्रेसका जिल्ला सभापतिसँग समन्वय गरी कार्य प्रकृतिअनुसार सम्बन्धित विषयको ज्ञान, सिप र क्षमता भएका जिल्ला कार्यसमितिको पदाधिकारी वा सदस्यको संयोजकत्वमा आवश्यक संख्याको समिति तत्काल बनाउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुरुप आवश्कताअनुसार पालिकास्तरमा पनि तत्काल बनाउने निर्णय गरेको छ ।’
निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिका संयोजक एवम् केन्द्रीय सदस्य रामहरि खतिवडाले उप–सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले दैनिकरुपमा आफ्नो काम गरेर समीक्षा गरेर रणनीति बनाउने बताए ।
केन्द्रीय सदस्य प्रदीप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उप–समितिको संयोजक छन् ।
केन्द्रीय सदस्य मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उप–समितिको संयोजक छन् ।
केन्द्रीय सदस्य उदयशम्शेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजक छन् ।
केन्द्रीय सदस्य जीतजंग बस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजक छन् ।
केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिको संयोजक छन् ।
स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरूसँग भिड्नका लागि रणनीति बनाउन कांग्रेसले उप–समितिहरू गठन गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया