कम्युनिस्टको मुख चिलाएपछि गगनले दिए ट्युसन पढाउने चेतावनी, बालकोटमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष खड्गप्रसाद ओलीले मुख छाड्नु नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा थापाले ओली कालो मन भएको मान्छे भएको बताए । ओलीले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको महामन्त्री थापाले बताएका छन् ।

‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ । त्यसपछि उहाँहरूले भन्नुभयो ।’

उनले भने, ‘तपाईलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ ।’

‘कोही आँट भएको मान्छे आएर तपाईं छुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ’, नेता थापाले भनेका छन् ।

थापाले पहिला पनि ओलीले पागल भनेर गोविन्द केसी र सुशीला कार्कीलाई भनेको स्मरण गरेका छन् ।

महामनत्री थापाले सनक्क सन्किसकेपछि ओलीले भन्ने नै पागल शब्द भएको बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले कांग्रेसको संकल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए । ओलीको यो अभिव्यक्तिले कांग्रेसका नेताहरू रिसाएका छन् ।

एमालेका अध्यक्ष ओली बोल्ने बेला मुख जथाभावी चलाउने गरेका छन् । समाजमा ओली जत्तिको व्यक्तिले बोल्दा नकारात्मक र सकारात्मक असर के पर्छ भनेर ध्यान दिने गरेका छैनन् ।

महामन्त्री थापाले एमालेका अध्यक्ष ओलीले झुटको पर्दाफास सुन्न नसकेको बताएका छन् ।

‘सुरुमै हामीले के के गर्नुभयो भनेर खेर गएको ५ वर्ष भनेर लेखेका छौँ’, थापाले भने, ‘५ वर्ष खेर गएको ठाउँमा स्तुति गान गाउन त भएन ।’

महामन्त्री थापाले भने, ‘उहाँले एकपछि अर्को झुटको पर्दाफास कांग्रेसले गरेको कुरा सहन सक्ने कुरा भएन । सनक्क सन्कनुभयो ।’

ओलीलाई रिस उठ्यो भन्दैमा कांग्रेसले कालोलाई सेतो र गलतलाई सही हो भनेर नभन्ने उनले बताए ।

‘बुढा भा धेरै सनक्क सन्किँदा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्न सक्छ । आइराख्छ यो त काँग्रेसले झूटलाई झूट त भनिराख्ने भयो’, थापाले भने, ‘त्यसकारण शरीरको ख्याल गरिराख्नुहोला ।’

थापाले महाधिवेशनको बेलामा पनि ओलीले आफूलाई समुन्नत नेपालको चोरीको आरोप लगाएको उल्लेख गर्दै आफूले ओलीलाई बालकोट नै गएर ट्युसन पढाउन चाहेको बताएका छन् ।

उनले ओलीलाई लजिक नभइ म्याजिकमा विश्वास रहेको बताएका छन् ।

‘अस्ति नै मेरो चुनाव लड्दै गर्दा महाधिवेशनको बेलामा पनि उहाँले समुन्नत नेपाल भन्ने अवधारणा अघि सार्दै गर्दा मेरो आइडिया चोर्‍यो भन्नुभएको थियो’, थापाले भने, ‘हिजो पनि चोर्‍यो चोर्‍यो भन्नुभएन ।’

‘पार्टीको अध्यक्ष उहाँलाई पनि दौडधूप छ । मलाई पनि आफ्नै भ्याइनभ्याइ छ’, थापाले भने, ‘अलिकति भ्याएको बेलामा चाहिँ बालकोट नै गएर ट्युसन पढाउँथे ।’

‘यो मेरो समृद्धिको आइडिया कसैले चोरेर लग्देला भनेर अनिदो नबस्नुस्’, कांग्रेसका महामन्त्री थापाले भनेका छन् ।

Published : Wednesday, 2022 April 27, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया