रजनीले कांग्रेसको विश्वास डगमगाउन नदिने, कम्युनिस्टलाई पच्छारेर मेयरमा जितेरै छाड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मदवार बनाएपछि नगरभित्र खुसीको तरंग उत्पन्न भएको छ ।
थापाले सोमबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता समेत गराएकी छिन् ।
गएको स्थानीय निर्वाचनमा नेतृ थापा उप–मेयरमा झिनो मतले पराजित भएकी थिइन् ।
कांग्रेसकी युवा नेतृ थापाले मेयरमा आफूलाई विजयी बनाउन आग्रह गरेकी छिन् । उनले चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर आफूसहित कांग्रेसलाई विजयी बनाउन युवाहरू आतुर रहेको दाबी गरेकी छिन् ।
गएको स्थानीय तहको निर्वाचनमा टोखामा एमालेले जितेको थियो । यस पटक टोखामा कांग्रेसले इतिहाँस रच्ने जनाएको छ ।
एमालेलाई पराजित गरेर कांग्रेसको चारतारे झण्डा गाड्ने योजनामा रहेको मेयरकी उम्मेदवार थापाले बताएकी छिन् ।
स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेतृ थापाले मेयर पदमा कम्युनिस्टहरूलाई पच्छारेर जित हासिल गर्ने घोषणा गरेकी छिन् । यसअघि एमालेले जितेका बेला जनताको काम गर्नेभन्दा पनि एमालेका कार्यकर्ता पाल्ने कार्य मात्रै भएको उनले आरोप लगाएकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया