कांग्रेस नेतृ नीमाले काइके गाउँपालिकाबाट खाता खोलिन्, देउवा खुसीले गदगद, कर्णले राखे इज्जत

डोल्पा । नेपाली कांग्रेसले डोल्पा जिल्लाबाट आफ्ना उम्मेदवारहरूलाई निर्विरोध जिताएर विजयीको खाता खोलेको छ ।

डोल्पा जिल्लामा सोमबार भएको निर्वाचन प्रक्रियामा काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट श्रीमती नीमा बुढा निर्विरोध निर्वाचित भएकी हुन् । कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले नीमा निर्विरोध भएको जानकारी दिए ।

काइके गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षमा पनि कांग्रेसका राजु झाक्रीसहितका सम्पूर्ण सदस्यहरू निर्विरोध भएका छन् ।

काइके गाउँपालिकाकै वडा नं. ६ को वडाध्यक्ष्ँमा कांग्रेसका नेता नरेन्द्र रोकायासमेत सबै सदस्यहरू निर्विरोध भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बुढाले अर्को एउटा गाउँपालिका र त्यसका वडाहरूमा पनि वडाध्यक्ष तथा सदस्यहरू निर्विरोध भएको सूचना आए पनि पुष्टि हुन नसकेको बताएका छन् ।

झण्डै दुईतिहाईको कम्युनिस्टहरूले २०७४ सालमा मुलुकभरि दब्दबा कायम राखेका बेला डोल्पाबाट कांग्रेसले जितको झण्डा गाढेको छ ।

कांग्रेसले डोल्पाबाट खाता खोलेर देशभरि कांग्रेसको पक्षमा लहर आएको संकेत गरेको छ । कांग्रेसले डोल्पाबाट निर्विरोध बनेर खाता खोलेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा खुसी भएका छन् । बालुवाटारमा देउवाले खुसी साटेका छन् । (फाइल तस्वीर)

Published : Monday, 2022 April 25, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया