लुम्बिनीको राजधानीलाई कांग्रेसले दियो ठूलो महत्व, जगदम्बाद्वारा अध्यक्षमा मनोनयन दर्ता

मसुरिया । नेपाली कांग्रेसको तर्फबाट दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बाकुमारी चौधरीले मनोनयन दर्ता गराएकी छिन् ।

सोमबार निर्वाचन कार्यालयमा पुगेर चौधरीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी हुन् । चौधरी यसअघि उपाध्यक्ष थिइन् ।

कांग्रेसले चौधरीको क्षमता र लोकप्रियताका कारण अध्यक्ष पदको टिकट दिएको हो ।

मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै चौधरीले आफूले अध्यक्ष पदमा मनोनयन दर्ता गराएको भन्दै चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरेकी छिन् । उनले कांग्रेसका उम्मेदवारहरू सबैलाई विजयी बनाउन अनुरोध गरेकी छिन् ।

राप्ती गाउँपालिकाका जनताको सेवा गर्न सक्ने विश्वासका साथ कांग्रेसले आफूलाई अध्यक्ष पदको टिकट दिएकोमा धन्यावाद दिँदै जनता र पार्टीको विश्वासलाई डगमगाउन नदिने बताएकी छिन् ।

राप्ती गाउँपालिकाको उपाध्यक्षमा हरि भुसालले मनोनयन दर्ता गराएका छन् ।

राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी हो । यो गाउँपालिकालाई कांग्रेसले ठूलो महत्व दिएको छ ।

यसअघि, कांग्रेसले राप्ती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो । राप्ती गाउँपालिकालाई माओवादी र एकीकृत समाजवादीले दाबी गरेका थिए । कांग्रेसले उनीहरूसँगको गठबन्धन तोडएर एक्लै उम्मेदवार बनेको छ ।

Published : Monday, 2022 April 25, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया