दाङका दुई उप–महानगरमा कांग्रेसद्वारा मेयर र उप–मेयरमा मनोनयन दर्ता

घोराही । नेपाली कांग्रेसको तर्फबाट दाङका दुई वटा उप–महानगरपालिकामा मनोनयन दर्ता भएका छन् ।

तुलसीपुर उप–महानगरपालिकाको मेयरमा गेहेन्द्र गिरीले मेयरमा मनोनयन दर्ता गराएका छन् । गिरी कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

घोराही उप–महानगरपालिकाको उप–मेयरमा भुपबहादुर डाँगीले मनोनयन दर्ता गराएका छन् । डाँगी दाङ क्षेत्र नं. २ का पूर्वसभापति हुन् ।

गठबन्धनका कारण कांग्रेसले घोराहीमा मेयर र तुलसीपुरमा उप–मेयर गुमाएको छ ।

मनोनयन दर्ता गर्ने क्रममा कांग्रेसका नेता कार्यकर्ताहरूले कांग्रेसको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरूले चुनाव चिन्ह रुखमा मतदान गरेका कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

Published : Monday, 2022 April 25, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया