कम्युनिस्टको कथित किल्ला बागलुङमा कांग्रेसले क–कसलाई दियो टिकट ?

बागलुङ । नेपाली कांग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएसँगै मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनबीचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको कांग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्गो लगाएको हो ।

कांग्रेसले बागलुङ नगरपालिकामा बसन्तकुमार श्रेष्ठलाई टिकट दिएको छ । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरेले टिकट पाएका छन् ।

काठेखोला गाउँपालिका अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारीले टिकट पाएका छन् ।

तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसिखोला गाउँपालिका अध्यक्षमा सूर्यबहादुर घर्तीलाई कांग्रेसले टिकट दिएको छ ।

कांग्रेसले उप–प्रमुखको रुपमा जैमिनी नगरपालिकामा हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलिप पुनलाई उम्मेदवार बनाएको छ ।

बागलुङ कांग्रेसका सभापति जितबहादुर शेरचनले १० वटै पालिकामा ४ बजेभित्र एकसाथ मनोनयन दर्ता गर्ने बताएका छन् ।

Published : Monday, 2022 April 25, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया