‘गुण्डा नाइके’ दावाले भुम्लु कांग्रेसको सभापति छाडे, पार्टी अनुशासन गम्भीर रुपमा उल्लंघन

भुम्लु । काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस भुम्लुका सभापति जितेन्द्रमान लामा उर्फ दावा लामाले पार्टी राजीनामा दिएका छन् ।

गुण्डा नाइके दावाले भुम्लु गाउँपालिकाको अध्यक्षको टिकट नपाएपछि सभापति पदबाट राजीनामा दिएका हुन् ।

केन्द्रको निर्देशनमा नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहको भागबण्डा गरेका थिए । भुम्लु गाउँपालिका माओवादी केन्द्रको भागमा परेको छ ।

गुण्डा नाइके समेत रहेका दावाले अध्यक्षमा दाबी गरेका थिए । माओवादीलाई भाग परेपछि तनाबमा परेका दावाले सामूहिक राजीनामा गरेका छन् ।

सभापति शेरबहादुर देउवा, बागमती प्रदेशका सभापति बानियाँ, जिल्ला सभापति तीर्थ लामाविरुद्ध बगावत गरेका दावालाई कांग्रेसमा ठूलो मूल्य चुकाउनुपर्ने भएको छ ।

विभिन्न अपराधमा कारबाही भोगेका दावा लकडाउनका बेला भारतबाट नेपाल छिरेका थिए । प्रहरीले दावालाई निगरानीमा राख्दै आएको छ ।

दावाको उक्साहटमा महासमिति सदस्य तस्वीर लामा, महाधिवेशन प्रतिनिधि मञ्जु शाह, बागमती प्रदे सदस्य शान्ता क्षेत्री, जिल्ला सदस्य कृष्णबहादुर लामा, सावित्री माझी, हिराकुमारी लामाले पनि राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा क्षेत्रीय सदस्य अशोक लामा, नवराज उप्रेती, भिमसेन खत्री, प्रदेश उप–सभापति जीवन खत्री, सह–सचिव रमिला बानियाँ, भोजराज उप्रेती र रिकेशराज खरेल रहेका छन् ।

Published : Monday, 2022 April 25, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया