दाङका सबै पालिकामा कांग्रेसले क–कसलाई दियो टिकट ?

घोराही । नेपाली कांग्रेस दाङले सबै पालिकामा उम्मेदवारहरूको टुंगो लगाएको छ ।

कांग्रेसले सात पालिकामा प्रमुख र उप–प्रमुख पदका उम्मेदवारको टुंग्गो लगाएको हो । दाङ कांग्रेसले यी नामहरूमा टुंगो लगाएको स्रोतले जानकारी दिएपनि कांग्रेसले आधिकारिक रुपमा केही भनेको छैन । दाङ कांग्रेसका सभापति शंकर डाँगीले केही भनेका छैनन् ।

घोराही र तुलसीपुर उप–महानगरपालिकामा गठबन्धन गरेर उम्मेदवार उठाइँदैछ । घोराहीमा कांग्रेसले उप–मेयरमा भुपबहादुर डाँगी र तुलसीपुरका मेयरमा गेहेन्द्र गिरीलाई टिकट दिइसकेको छ ।

कांग्रेसले राप्ती गाउँपालिकाको अध्यक्षको टिकट जगदम्बा चौधरीलाई दिएको छ । चौधरी यसअघि उपाध्यक्ष थिइन् । उपाध्यक्षको टिकट हरि भुसालले पाएका छन् ।

कांग्रेसले लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उप–मेयरमा लक्ष्मी योगीलाई टिकट दिएको छ ।

गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित बिसी र उपाध्यक्षमा शारदा चौधरीलाई कांग्रेसले टिकट दिएको छ ।

कांग्रेसले राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादवलाई टिकट दिएको छ । यादवलाई पुनः उपाध्यक्षको टिकट दिइएको छ ।

दंगीशरण गाउँपालिकाको अध्यक्षको टिकट शम्भु गिरी र उपाध्यक्षको टिकट पिमाकुमारी खड्काले पाएकी छिन् ।

कांग्रेसले बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई टिकट दिएको छ ।

सत्ता गठबन्धनको सहमतिअनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेत र बंगलाचुली गाउँपालिकाको उप्र–मुखमा भक्तबहादुर जिसीलाई टिकट दिएको छ ।

सत्ता गठबन्धनको सहमति अनुसार शान्तिनगर गाउँपालिकाको प्रमुख कांग्रेस र उप–प्रमुख माओवादीलाई दिने भनिएको थियो ।

Published : Monday, 2022 April 25, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया