टिकटका लागि यी दुई खर्बपति धनाढ्यले चिरिबाबुलाई बोकेर डुलाउँदै

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहो¥याएर टिकट दिलाउन तीन जना व्यक्तिहरू हातधोएर लागेका छन् ।

केन्द्रीय सदस्य मदनबहादुर अमात्य, केन्द्रीय सदस्य विनोद चौधरी र विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ चिरिबाबुलाई मेयरको टिकट दिलाउन लागेका हुन् ।

ललितपुर कांग्रेसले चिरिबाबुलाई टिकट दिँदा मेयर गुमाउनेभन्दै टिकट दिन नहुने लविङमा लागेको छ । ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ पनि ललितपुर महानगरमा चिरिबाबुलाई दोहोर्‍याउँदा कांग्रेसले मेयर गुमाउनेभन्दै चिन्तामा परेका छन् ।

ललितपुरको मेयर हुँदा चिरिबाबुले राज्यमन्त्री श्रेष्ठको लिटिल एञ्जलस स्कुल र केन्द्रीय सदस्य चौधरीको ‘चौधरी ग्रुप’लाई करमा छुट दिएर गुन लगाएका कारण टिकट दिलाउन जोडबल गरेको चर्चा छ ।

राज्यमन्त्री श्रेष्ठ र केन्द्रीय सदस्य चौधरी खर्बपति धनाढ्य हुन् ।

चिरिबाबु र मदनका कारण ललितपुर जिल्लामा सभापति शेरबहादुर देउवाको टिम भत्किएको छ ।

१४औँ महाधिवेशनमा देउवा समूहले जिल्ला सभापति गुमाएको छ । मदन र चिरिबाबुले नै देउवा समूहलाई ललितपुरमा कमजोर बनाएका हुन् ।

चिरिबाबुले ललितपुर महानगरपालिकामा मेयरको टिकट पाए भने कांग्रेसको हार सुनिश्चित रहेको कार्यकर्ताहरूको भनाइ छ ।

Published : Sunday, 2022 April 24, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया