सुनको सिक्री चोरीका आरोपी पौडेललाई ओलीले दिए ठूलो महानगरको मेयरको टिकट

काठमाडौं । एमालेले पोखरा महानरपालिकाको मेयरमा सिक्री चोरीको अभियोग लागेका दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बालकोटमा बसेको सचिवालयको बैठकले पौडेललाई पोखराको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पौडेल एमालेको गण्डकी प्रदेश कमिटीको सदस्य पनि हुन् । उनी अवकाश प्राप्त शिक्षक हुन् ।

पौडेलको घर पोखरा महानरपालिका– १९ पुरनचौरमा पर्छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट भएकै कारण सिक्री चोरीको आरोप लागे पनि मेयरको टिकट पाएका छन् ।

पौडेलभन्दा होनहार नेताहरू पोखरामा छन् । ओलीले पौडेललाई टिकट दिएर सबैलाई चकित तुल्याइदिएका छन् ।

पौडेलले केही वर्ष अगाडि पृथ्वी चोकमा रहेको एउटा सुनचाँदी पसलबाट सिक्री चोरेका थिए ।

सीसीटिभी फुटेजका आधारमा पौडेलले सिक्री चोरेको प्रमाणित भएको थियो । पौडेलले पछि सिक्री फिर्ता गरेका थिए ।

पौडेल एमालेको पोखरा महानगर कमिटीको अध्यक्षसमेत भइसका छन् ।

उम्मेदवार बन्न नेताहरूका बीच हानथाप चलिरहेका बेला एमालेको प्रदेश कमिटी सदस्य रहेका पौडलबारे त्यतिधेरै चर्चा थिएन ।

पोखरामा मेयर पदमा १२ जना र उप–प्रमुखमा ११ जनाले नाम दर्ता गरेका थिए । जसमा २ जना प्रदेश सभा सांसदसहित वडाध्यक्षसमेत मेयर आकांक्षी थिए ।

मेयरका लागि पौडेलसहित प्रदेश सभासदस्यद्वय कृष्णबहादुर थापा र राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उप–सचिव रश्मी आचार्य, प्रा.डा.विश्वकल्याण पराजुली, दर्शन लामा, नेताहरू पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी थिए ।

एमालेले पोखरा महानगरपालिकाको उप–मयेरमा मञ्जु गुरुङलाई नै दोहोर्‍याउने निर्णय गरेको छ ।

गुरुङले उप–मेयरमा दाबी नै गरेकी थिइनन् । उप–प्रमुखमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले नाम टिपाएका थिए । एमालेले मञ्जुलाई नै टिकट दिएको छ ।

Published : Sunday, 2022 April 24, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया