विद्यासुन्दर शाक्यको टिकट फुत्कियो, ओलीले बालकोटबाट लात हाने

काठमाडौं । एमालेले काठमाडौं महानगरपालिकाको मयरमा विद्यासुन्दर शाक्यको टिकट खोसिदिएको छ ।

मेयरका आकांक्षी रहेका शाक्यलाई एमालेले टिकट दिएन । हालका मेयर समेत रहेका शाक्यलाई एमालेले टिकट खोसिदिएपछि तनाबमा परेका छन् ।

शाक्यले काठमाडौं महानगरको मेयरको टिकट आफूले पाउने दाबी गर्दै आएका थिए । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सालो भनेर शाक्यलाई आरोप लाग्दै आएको छ ।

मेयर भएका बेला शाक्यले काठमाडौं महानगरमा काम गर्न सकेनन् । उप–मेयर हरिप्रभा खड्गीले भन्दा पनि गतिलो काम गर्न नसकेको शाक्यलाई आरोप छ ।

काठमाडौं मोनोरेल चलाउने, स्मार्ट सिटी, सफा र सुन्दर शहर, ट्राफिक जाम हटाउने, फोहरलाई व्यवस्थापन गर्ने जस्ता कुरा गरेर मेयरमा जितेका शाक्यले आफ्नो कार्यकालभरि सिन्को पनि भाँचेनन् । बरु कोरोनाका बेला आफ्ना सबै परिवारलाई महानगरपालिकाको पैसामा पाँचतारे होटेलमा लगेर राखेका थिए ।

काम गर्न नसकेकै कारण शाक्यको टिकट खोसेर एमालेले केशव स्थापितलाई टिकट दिएको छ ।

शनिबार बालकोटमा बसेको एमालेको स्थायी कमिटी बैठकले काठमाडौंको मेयरमा नेता स्थापितलाई दिएको हो ।

स्थापित काठमाडौं महानगरका पूर्व मेयर पनि हुन् । बागमती प्रदेशको सांसद समेत रहेका स्थापित मन्त्री रहेका बेला मन्त्री पदबाट तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले अध्यक्ष खड्गप्रसाद ओलीको आदेशमा हटाएका थिए ।

Published : Saturday, 2022 April 23, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया