घोराहीको उप–मेयर र तुलसीपुरको मेयरमा कांग्रेसले टुंगो लगायो

घोराही । नेपाली कांग्रेसले घोराही र तुलसीपुर उप–महानगरपालिकामा मेयर र उप–मेयरको टुंगो लगाएको छ ।

दाङ कांग्रेसले घोराही उप–महानगरपालिकाको उप–मेयरमा पूर्व क्षेत्रीय सभापति भुपबहादुर डाँगीलाई टिकटका लागि सिफारिस गरेको छ ।

तुलसीपुर उप–महानगरपालिकाको मेयरमा दाङ कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई सिफारिस गरेको छ ।

शनिबार बुटवलमा बसेको लुम्बिनी कांग्रेसको बैठकले गिरी र डाँगीको नाममा सहमति जनाएर उनीहरूलाई टिकट दिएको सदस्य प्रचण्ड न्यौपानेले बताएका छन् ।

उप–महानगरपालिकाको मेयर र उप–मेयरको टिकट दिने व्यवस्था छ । महानगरपालिकाको मेयर र उप–मेयरको टिकट केन्द्रले दिने व्यवस्था छ ।

घोराहीमा कांग्रेसले माओवादी केन्द्रलाई मेयर छाडिदिएको छ ।

तुलसीपुरमा भने कांग्रेसले मेयर लिएर नेकपा (एकीकृत समाजवादी)लाई उप–मेयर दिएको छ ।

Published : Saturday, 2022 April 23, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया