भरतपुरमा कांग्रेसबाट अधिकारी उप–मेयरमा प्रस्ताव

भरतपुर । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उप–मेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

महानगरका उम्मेदवार छान्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

भरतपुर महानगरपालिकाको उप–मेयरमा कांग्रेसका तर्फबाट अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको बुझिएको छ ।

अधिकारी महानगर कार्यसमितिका सभापति समेत हुन् । उनले मेयरमा आकांक्षा देखाएका थिए ।

भरतपुरमा मेयरका लागि २५ जना र उप–मेयरका लागि २४ जना आकांक्षी थिए ।

सभापति देउवाले यसअघि सत्ता गठबन्धनमा सिट भागबण्डा हुने क्रममै भरतपुरमा कांग्रेसले उप–मेयर लिने निधो भइसकेको भनेका थिए ।

शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा सभापति देउवाले त्यही प्रस्ताव गरेका थिए ।

भरतपुरको मेयरमा माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

दाहालले मेयर उठ्नका लागि शुक्रबारै मेयर पदबाट राजीनामा दिइसकेकी छिन् ।

महानगरपालिकामध्ये कांग्रेसले केन्द्रबाट काठमाडौं, ललितपुर र विराटनगरमा मेयर र भरतपुर, वीरगञ्ज र पोखरामा उप–मेयर पदका उम्मेदवारको छान्नुपर्नेछ ।

Published : Saturday, 2022 April 23, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया