कांग्रेसको अनुगमन उप–समिति विस्तार, को–को मनोनयनमा परे ?

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उप–समिति विस्तार भएको छ ।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा संयोजक रहेको उप–समिति शुक्रबार विस्तार भएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर ८ जनालाई उप–समितिमा मनोनयन गरेको जनाएका छन् ।

उप–समितिको सदस्यमा किरण गिरी, आनन्दसन्तोषी राई, डीपी अर्याल, डीपी उपाध्याय, गणेश केसी,
श्याम विश्वकर्मा, दिलिपाश्री अधिकारी र मनोज चौधरी मनोनयन भएका छन् ।

कांग्रेसका उप–सभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उप–समिति बनाएका थिए ।

Published : Friday, 2022 April 22, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया