कांग्रेस नेतृ राणासँग गेब्रेयससद्वारा भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणासँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेटवार्ता गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राणा र गेब्रेयससबीच भेटवार्ता भएको हो । कांग्रेस नेतृ राणाले डब्ल्यूएचओले कोरोना महामारीका बेला नेपाललाई गरेको सहयोगको प्रशंसा गरेकी छिन् ।

नेतृ राणाले कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गरेर डब्ल्यूएचओले नेपाललाई ठूलो सहयोग गरेको भन्दै गेब्रेयससलाई धन्यावाद दिएकी छिन् ।

तीन दिनको भ्रमणका लागि बिहीबार काठमाडौं आएका गेब्रेयससले प्रधानमन्त्री देउवाससहितका उच्च भेटवार्ता गरेका छन् ।

Published : Friday, 2022 April 22, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया