कांग्रेसद्वारा शक्तिशाली उप–समितिहरू गठन, काम गर्ने नेताहरू छानेर जिम्मेवारी प्रदान
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सात वटा उप–समितिहरू गठन गरेको छ ।
बिहीबार पार्टी उप–सभापति समेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काले उप–समितिहरू बनाएर संयोजकहरू मनोनयन गरेका हुन् ।
केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उप–समितिहरूमा केन्द्रीय सदस्यहरूलाई संयोजकमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेललाई अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य उदयशम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उप–समितिको संयोजकमा मनोनयन गरिएको छ ।
केन्द्रीय सदस्य रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिको संयोजकमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरूसँग भिड्नका लागि रणनीति बनाउन उप–समितिहरू गठन गरिएका हुन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया