कांग्रेसले शुक्रबारदेखि टिकट बाँड्ने, बैठक डाक्यो, आकांक्षीहरूको धड्कन बढ्यो
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि महानगर र उप–महानगरपालिकाको टिकट दिने विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्ने बैठकमा मेयर र उप–मेयरको टिकट कसलाई दिनेभन्ने विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, मुख्यसचिव पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले महानगर र उप–महानगरमा जित्ने गरेर लोकप्रिय नेताहरूलाई टिकट दिनेछ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक कुनै लोभ नगरेर जित्ने उम्मेदवारहरूलाई टिकट दिने योजना बनाएका छन् ।
नगर कार्यसमितिहरूले जिल्ला र प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यालयमा मेयर र उप–मेयरका आकांक्षीहरूको नाम पठाइसकेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया