बालुवाटारको दोस्रो बैठकमा कुरा मिलेन, सकारात्मक छलफल
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनको बैठकमा महानगर र उप–महानगरपालिकाको विषयमा सहमति खोज्न बसेको बैठक सकारात्मक दिशातर्फ गएको छ ।
बालुवाटारमा सोमबार बेलुका दोस्रो पटक बसेको बैठकमा चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा छलफल भएको थियो । बैठकमा सहमति जुटाउन बसेपनि ठोस सहमति हुन सकेको छैन ।
नेताहरूले बैठक सकारात्मक भएको बताएका छन् । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुनेछ ।
कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उप–सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीको बैठकमा उपस्थिति थियो ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङको उपस्थिति थियो ।
नेकपा (एकीकृत समाजवादी)बाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेलको उपस्थिति रहेको थियो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराई र अशोक राई तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीको बैठकमा सहभागिता रहेको थियो ।
बैठकमा माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा धेरै माग गरेपछि कुरा नमिलेको एक नेताले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया