विराटनगरमा कांग्रेसका सात नेता मेयरमा सिफारिस, गठबन्धन गर्न अनिच्छुक
विराटनगर । नेपाली कांग्रेसको विराटनगर महानगरपालिका कार्यसमितिले मेयर पदका लागि सात जनाको नाम सिफारिस गरेको छ ।
बिराटनरमा शनिबार बसेको बैठकले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको हो ।
मेयरमा सिफारिस हुनेमा नागेश कोइराला, दीपक चापागाइँ, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मी रहेका छन् ।
मेयरमा सिफारिस भएका नागेश कोइराला, दीपक चापागाइँ, इन्दिरा कार्की नेता शेखर कोइराला निकटका हुन् ।
डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मी सभापति शेरबहादुर देउवा निकटका हुन् । भीम पराजुली हालका मेयर पनि हुन् ।
उप–मेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको छ ।
विराटनगरमा कांग्रेसले गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्न चाहेको छैन ।
२०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए ।
२०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।
विराटनगरको मेयरमा भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया