विराटनगरमा कांग्रेसका सात नेता मेयरमा सिफारिस, गठबन्धन गर्न अनिच्छुक

विराटनगर । नेपाली कांग्रेसको विराटनगर महानगरपालिका कार्यसमितिले मेयर पदका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

बिराटनरमा शनिबार बसेको बैठकले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको हो ।

मेयरमा सिफारिस हुनेमा नागेश कोइराला, दीपक चापागाइँ, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मी रहेका छन् ।

मेयरमा सिफारिस भएका नागेश कोइराला, दीपक चापागाइँ, इन्दिरा कार्की नेता शेखर कोइराला निकटका हुन् ।

डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मी सभापति शेरबहादुर देउवा निकटका हुन् । भीम पराजुली हालका मेयर पनि हुन् ।

उप–मेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको छ ।

विराटनगरमा कांग्रेसले गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्न चाहेको छैन ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

विराटनगरको मेयरमा भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका थिए ।

Published : Saturday, 2022 April 16, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया