गिरिजाबाबुले कम्युनिस्ट–मण्डलेबारे गरेको टिप्पणी ओली–थापाले पुष्टि गरे

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले कम्युनिस्ट र मण्डलेहरूको भर नहुने बताउने गरेका थिए ।

स्व.कोइरालाले कम्युनिस्ट र मण्डलेहरू एउटै हुन् भनेका थिए । स्व.कोइरालाले भनेको कुरा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले आएर पुष्टि गरिदिएका छन् । स्व.कोइरालाले ‘एमाले, माले, मसाल र मण्डलेहरू एउटै हुन्, दाजुभाई हुन्’ भनेका थिए ।

एमालेको खोल ओडेर आफूलाई कम्युनिस्ट बताउने ओली तथा राजसंस्था र हिन्दूराष्ट्रको नारा लिएर राजनीतिमा आएका मण्डले कमल थापा अहिले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उम्मेदवार बन्दैछन् ।

तीन दिन अगाडि ओली र थापाले एमालेको चुनाव चिन्ह ‘सूर्य’बाट चुनाव लड्ने सहमति गरेका थिए ।

ओलीले कम्युनिस्टको नाममा उत्पात मच्चाउँदै आएका छन् । थापाले राजसंस्थालाई छाडेर हिन्दूराष्ट्रको नारा मात्रै बोकेका छन् ।

ओली र थापा आफ्नो स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुरा उनीहरूले पुष्टि गरेका छन् ।

गएको चुनावमा पनि राप्रपा र एमालेबीच तालमेल भएको थियो । ओली र थापाबीच धेरै कुरामा तालमेल हुने गरेको छ ।

अध्यक्षमा पदमा पराजित भएपछि थापाले राप्रपा छाडेर अर्को पार्टी खोलेका थिए । ओलीले पनि पार्टी फुटाएर बसेका छन् । ओली र थापाबीच अहिले कुरा मिलेको छ ।

ओलीले क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाललाई पनि सूर्य चनाव चिन्ह प्रयोग गर्न दिने भएका छन् । ढकाल क्रिश्चियन धर्म प्रचारक हुन् । ढकालले नै ओलीलाई होलीवाइन खुवाएका थिए ।

Published : Saturday, 2022 April 16, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया