महानगर र उप–महानगरको टिकटबारे छलफल गर्न कांग्रेसले बैठक बोलायो, क–कसले पाउलान् टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

शनिबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी कार्यालयमा बैठक बस्ने विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महानगर एवम् उप–महानगरको प्रमुख र उप–प्रमुखको उम्मेदवारीका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

गठबन्धनका क्रममा कांग्रेसले कुन महानगर र उप–महानगर लिने वा छाड्ने विषयमा पनि छलफल हुनेछ ।

महानगर र उप–महानगरमा कसरी टिकट दिने र क–कसलाई टिकट दिनेभन्ने विषयमा शनिबारको बैठकमा प्रारम्भीक छलफल हुनेछ ।

Published : Friday, 2022 April 15, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया