प्रचण्डले विप्लवको पार्टी फुटाइदिए, विप्लवका दुई ठूला नेताले पार्टी भेला बोलाए

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ माओवादी केन्द्रमा प्रवेशका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेका छन् ।

बिहीबार दाहालसँग ओली र बास्तोलाले भेट गरेर आफूहरू माओवादी केन्द्रमा प्रवेश गर्न सहमत भएको जनाएका हुन् ।

माओवादी केन्द्रको हालै मात्र महाधिबेशन सम्पन्न भएकोले सिधै प्रवेश गराउदा पदीय जिम्मेवारी बाडफाड गर्न कठिनाइ पर्ने हुँदा तत्काल नेकपालाई फुट गराई पार्टी गठन गर्ने र पछि दुई पार्टीबीच एकीकरण गर्ने ओली, बास्तोला र दाहालबीच सहमति भएको छ ।

माओवादीका अध्यक्ष दाहालसँग भएको सहमतिपछि नेता ओली र बास्तोलाले छिट्टै आफू निकट नेता कार्यकर्ताको भेला समेत बोलाउने तयारी गरेको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

यसैबीच, नेकपाका सचिवालय सदस्य ओलीनिकट एक केन्द्रीय सदस्यले नेता ओली र बास्तोलाले छिट्टै आफू निकट नेता कार्यकर्ताको भेला बोलाएको पुष्टि गरेका छन् ।

उनले भने, ‘पार्टी फुटको संघारमा पुगेको छ, कुन पार्टीमा समाहित हुने, एकता गर्ने वा छुट्टै पार्टी गठन गरेर अगाडि बढ्ने छलफल जारी रहेको छ ।’

विप्लवको पार्टीमा स्थानीय तहको निर्वाचनमा भाग लिने विषयमा विवाद हुँदा पार्टी फुटतर्फ अगाडि बढेको थियो । अहिले आएर विप्लवको पार्टी विभाजन हुन लागेको छ ।

Published : Thursday, 2022 April 14, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया