ललितपुरमा चिरिबाबु र भरतपुरमा रेणुको हार पक्का, टिकट लिन ठूलो चलखेल, कार्यकर्ताले धुलो चटाउने

काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिका र माओवादी केन्द्रले भरतपुर महानगरपालिका गुमाउने पक्का सरह भएको छ ।

कांग्रेसले ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनलाई र माओवादीले भरतपुरमा रेणु दाहाललाई दोहोर्‍याउने पक्का भएपछि चिरिबाबु र रेणुको पराजय निश्चित सरह भएको हो ।

चिरिबाबुले ललितपुर कांग्रेसका कार्यकर्तालाई ५ वर्षमा धुरुक्कै रुवाएका छन् । चिरिबाबुले आफ्ना आसेपासेलाई पोस्नेभन्दा अरु कुनै काम गरेका छैनन् । उनले ललितपुर महानगरभित्र करोडौंको भ्रष्टाचार गरेको ललितपुर कांग्रेसभित्र चर्चा र आरोप लाग्ने गरेको छ । चिरिबाबुले नेता र कार्यकर्ताको फोन नउठाउने, काम नगरिदिने, दुःख दिने जस्ता हर्कतले कांग्रेसका कार्यकर्ता दिक्क छन् ।

चिरिबाबुले फोहर व्यवस्थापन पनि गर्न सकेका छैनन् । सडकहरू धुलोले हिँड्न नमिल्नेछन् । ललितपुरलाई स्मार्ट सिटी बनाउने भनेका चिरिबाबुले सिन्को पनि भाँच्न सकेका छैनन् । ट्राफिक जाम र अस्तव्यस्थ ललितपुरका जनता चिरिबाबुसँग दिक्क छन् ।

चिरिबाबुलाई ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठले टिकट दिने पक्षमा छैनन् । तर, चिरिबाबुलाई कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य मदनबहादुर अमात्यले बोकेर टिकट दिने तयारी गरेका छन् ।

खड्का र अमात्यको जोडबलमा चिरिबाबुलाई टिकट दिने प्रयास भएको छ । चिरिबाबुको कामबाट ललितपुर कांग्रेस दिक्क छ ।

चिरिबाबुको प्रेमकृष्ण महर्जन र भरतलाल न्याचोलाई ललितपुर महानगरपालिकाको मेयरको टिकट दिनुपर्ने ठूलो दवाव छ ।

चिरिबाबुले टिकटका लागि ठूलो आर्थिक चलखेल गरेको आरो पनि छ । प्रेमकृष्ण ललितपुर महानगरमा निकै लोकप्रिय छन् । भरतलाल पनि कमजोर उम्मेदवार होइनन् ।

चिरिबाबुले ललितपुर महानगरमा टिकट पाए भने उनको पराजय हुने निश्चित छ । केन्द्रीय सदस्यद्वय उदयशम्शेर राणा र जितजंग बस्नेत ललितपुर महानगरपालिका बचाउन लागेका छन् । राणा र बस्नेतले ललितपुर महानगरलाई कांग्रेसको पोल्टामा पार्न मेयरका लागि चिरिबाबुभन्दा अर्को उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् ।

चिरिबाबुले टिकट पाउने हो भने ललितपुर महानगरको मेयर एमालेको पोल्टामा जाने चर्चा छ ।

उता, भरतपुर महानगरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल पनि पराजित हुने चर्चा छ । भरतपुरमा रेणु कमजोर छिन् ।

भरतपुरमा कांग्रेसको तर्फबाट उम्मेदवार भयो भने मात्रै जित्ने चर्चा छ । कांग्रेसका कार्यकर्ताले रेणुलाई यस पटक कुनै पनि हालतमा मतदान गर्ने पक्षमा छैनन् ।

भरतपुर महानगरमा कांग्रेसले टिकट पाउने पर्नेभन्दै चितवन कांग्रेसका नेताहरूले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरिसकेका छन् । देउवाले कार्यकर्ताको भावना विपरित नजाने आश्वासन दिएका छन् ।

कांग्रेस नेतृत्वले ललितपुर र भरतपुर महानगरपालिकामा टिकट दिने बेला विवेक पुर्‍याएन भने एमालेले जित्ने पक्का छ ।

Published : Thursday, 2022 April 14, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया