शशांकको लोकप्रियताबाट कम्युनिस्ट समर्थकको सातो गयो, वीपीले जस्तै छोराले पनि हिम्मत देखाए

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण माग गरेपछि आलोचना भएको छ ।

डा.कोइरालाले दिएको पुरानो अभिव्यक्तिलाई आयोगले प्रमाणविना स्पष्टीकरण सोध्नु उचित नरहेको कांग्रेसका नेताहरूको भनाइ छ ।

आयोगले डा.कोइरालालाई चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे सात दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारले नियुक्त गरेको हो ।

कार्यक्रममा बोलेको कुरालाई लिएर प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्न उचित नरहेको नेताहरूको भनाइ छ ।

डा.कोइरालाको लोकप्रियताबाट डराएर कम्युनिस्ट समर्थक प्रमुख आयुक्त थपलियाले कांग्रेसविरुद्ध हर्कत देखाएको आरोप छ ।

नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा डा.कोइरालाले २०७४ सालको निर्वाचनमा ७ करोड खर्च भएको जनाएका थिए ।

‘मैले तपाईंहरूलाई प्रश्न राखेँ, राजनीति किन गर्नुहुन्छ ? पैसा कमाउनका लागि ? यदि हो भने बिजनेस गर्नुस्, अरू काम गर्नुस्’, डा.कोइरालाले भनेका छन् ।

‘देश, भावना र सामाजिक चिन्तन बोकेको मान्छेले पैसाको आकर्षणमा राजनीति गर्नुहुँदैन । मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ’, उनले भने, ‘पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो ०७४ चुनावमा ६ करोड पुग्यो । ल भन्नुस् तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।’

डा.कोइराला नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् । प्रजातन्त्रका लागि स्पष्ट बोल्ने वीपीका छोराले पनि सत्य कुरा बोलेर तरंग ल्याइदिएका छन् । प्रमुख आयुक्त थपलियालाई पनि यो कुरा राम्रोसँग थाहा छ । कम्युनिस्ट नेताहरू जस्तो झुठ बोल्ने बानी कांग्रेससँग छैन ।

कांग्रेसका नेताहरूले सत्य बोल्दा पछि परिणाम के आउँछ ? त्यो ध्यन दिँदैनन् । बास्तविक कुरा बोल्छन् । डा.कोइरालाले पनि स्पष्ट र सत्य कुरा बोलेका हुन् । थपलियाले सक्छन् भने स्थानीय तहको निर्वाचनमा हुने खर्च रोकेर देखाउन् । होइन भने डा.कोइरालालाई स्पष्टीकरण सोधेको भनेर मिडियामा विज्ञप्ति पठाउनुको कुनै अर्थ छैन ।

Published : Tuesday, 2022 April 12, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया