सशस्त्र प्रहरीका आईजीपी खनालको पद गयो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अनिर्वाय अवकाश पाएका छन् ।

खनालले सोमबार चार वर्षे कार्यकाल पूरा गरेर उमेर हदका कारण अनिर्वाय अवकाश पाएका हुन् । उनको अवकाशसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ ।

महानिरीक्षक खनालले अवकासमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ ।

सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुङ्गो लगाउने गृहकार्य शुरु गरेको छ ।

सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ ।

अहिलेका एआइजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्नेछ ।

२१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ ।

एआईजीद्वय केसी र पौडेल उमेर हदका कारण वैशाख १९ गते अनिर्वाय अवकाशमा जाँदै छन् ।

Published : Tuesday, 2022 April 12, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया