प्रचण्डले आफ्नै भाईलाई राष्ट्रिय सभाको सांसद बनाए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् ।

माओवादीको सिफारिसमा सरकारले दाहाललाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

यसअघि राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् ।

Published : Friday, 2022 April 8, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया