देउवाको एक इशारामा ओलीका सबै बिकेट खत्तम

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नेपाल बार एसोशिएसनको चुनावमा एमाले समर्थक गठबन्धनलाई दोब्बर मतसहित हराएको छ ।

कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । वरिष्ठ अधिवक्ता समेत रहेका घिमिरे दोब्बर मतसहित विजयी भएका हुन् ।

घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भएका छन् । घिमिरेका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए ।

कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।

महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भएकी छिन् ।

खनालका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याएका छन् ।

उपाध्यक्षमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् ।

कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् ।

सदस्यहरूमा विनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा निर्वाचित भएका छन् ।

सदस्यमा भरत लकाइ, देवी कोइराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारीले चुनाव जितेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिँदा एमालेका अध्यक्ष खड्गप्रसाद ओली बारको निर्वाचनमा धुलोपिठो बनेका छन् ।

देउवा धेरै बोल्दैनन् । तर, कांग्रेस र आफूलाई साथ दिनेहरूलाई जिताउन कुनै पनि कसर बाँकी राख्दैन्न भन्ने कुरा बारको निर्वाचनबाट पुष्टि भएको छ ।

Published : Friday, 2022 April 8, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया