प्रेम आलेका उदण्ड ‘सेनाबेना’द्वारा होटेल आनन्दमा आक्रमण, आलेकै शैलीमा धुपौरेहरूद्वारा गालीगलौज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहितको ‘सेनाबेना’ नेपाल भारत मैत्री धर्मशालामा आक्रमण गरेका छन् ।

शुक्रबार बिहान करीव साढे १० बजेतिर पुगेका कोषका कर्मचारी र धुपौरेहरूले धर्मशालाको मूल गेटमा अपशब्द बोलेर होटेल आनन्द प्रालि बन्द गराउन खोजेका थिए ।

बतास समूहले कोषसँग करार सम्झौता गरेर धर्मशालामा होटेल सञ्चालन गर्दै गर्दै आएको छ ।

आलेको निर्देशनमा कोषले एकतर्फी रुपमा करार भंग गरेर धर्मशालाको होटेल बन्द गराउने प्रयास गरिरहेको छ । यो विवाद अदालतमा पुगेको छ । अदालतले कोषसँग जवाफ समेत मागेको छ ।

तैपनि मन्त्री आलेले न्यायालयको आदेशलाई उल्लंघन गरेर कोषका कर्मचारी पठाएर होटेल आनन्द प्रालिलाई बन्द गराउने प्रयास गर्दै आएका छन् ।

प्रहरी र वडा कार्यालयले धर्मशालाको विवाद न्यायालयमा पुगेको र मानहानी हुनेभन्दै हातहाल्न मानेको छैन ।

होटलको मूल गेटमा पुगेका मन्त्री आलेको समर्थक एकजना सेतै फुलेका वृद्धाले अपशब्द बोलेर अपमान गरेका छन् ।

होटेलका कर्मचारीहरूले अदालतमा बिचाराधीन विषयमा दिनदहाडै आक्रमण गर्न खोजेको भन्दै शालिन भाषामा प्रतिवाद गरेका छन् । तर, मन्त्री आलेका अराजक ‘सेनाबेना’हरू ढोका खोल्नु हुन्छ कि डोजर ल्याएर भत्काइदिउँ भनेर धम्की दिएका छन् ।

ती सेतै फुलेका वृद्धाले ‘कानूनसानु होइन, हामी यहाँ भित्र पस्न नपाउने ?’ भन्दै अराजक शैलीमा प्रस्तुत भएका छन् । वृद्धाले ‘यी यत्रो गर्‍यौँ’ भनेर लोप्पा खुवाइदिएका छन् । वृद्धाले ‘यस्तो नचाहिँदो कुरा बोल्छस्’ भनेर समेत भनेको भिडियोमा देख्न सकिन्छ ।

मन्त्री आलेले एकजना युवालाई फोनमा आमा छोएर गाली गरेका थिए । आलेका ती समर्थक वृद्धा पनि उनकै शैलीमा अराजक र अशिष्ट शैलीमा प्रस्तुत भएका छन् ।

मन्त्री आलेको निर्देशनमा कोषले करार भंग गरेर ज्यादती गरेपछि बतास समूहको होटेल आनन्द करार यथावत र क्षतिपूर्तिको मागसहित काठमाडौं जिल्ला अदालत पुगेको छ ।

आलेको निर्देशनमा कोषले होटेल आनन्दमाथि आतंक मच्चाएपछि न्याय माग्न बतास समूह उच्च अदालत पाटन पनि पुगेको छ ।

अदालतको आदेश विपरितका हर्कत गरेको भन्दै मानहानी मुद्धा समेत परेको छ ।

होटेल आनन्दलाई बतास समूहसँग फिर्ता लिएर मन्त्री आलेले ‘नाथम’ समूहलाई कौडीको भाउमा सञ्चालन गर्न दिने तयारी गरेका छन् ।

मन्त्री आलेले असल नियतले काम गरेको भए पहिला आफ्ना कर्मचारीहरूलाई कारबाही गरेर बतास समूहमाथि हात हाल्नुपर्ने थियो । मन्त्री आलेको नियत नै ठीक नरहेको आरोप छ ।

मन्त्री आलेको उदण्ड सेनाबेनाद्वारा आक्रमणमा उत्रिएपछि होटेलका कर्मचारीहरूद्वारा प्लेकार्ड बोकेर श्रमिक मार्न पाइँदैन भनेर बिरोधमा उत्रिएका छन् । आलेको हर्कतले श्रमिकहरू समेत प्रभावित बनेका छन् ।

Published : Friday, 2022 April 8, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया