बारमा जितको नजिक कांग्रेस निकटको समूह, एमाले समर्थकहरूको भागाभाग

काठमाडौं । नेपाल बार एसोशिएसनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक पुगेका छन् ।

बिहीबार साँझ ९ बजेसम्मको मतगणनाअनुसार अध्यक्षमा नेपाली कांग्रेस निकटका गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन् ।

घिमिरेका प्रतिद्वन्द्वी एमाले समर्थक विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन् ।

कुल ७ हजार ५ सयको हाराहारीमा मत खसेकामा ६ हजार १ सयभन्दा बढी मत गणना भइसकेको छ ।

अब काठमाडौं जिल्ला अदालत बारको ६५० र उच्च अदालत पाटन बारको ७३७ गरी कुल १ हजार ३८७ मत मात्रै गन्न बाँकी छ ।

महासचिवमा लोकतान्त्रिक समूहकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई ८ सय ३० मतले पछि पारेकी छिन् ।

खनालले ३ हजार १७५ मत र कोइरालाले २ हजार ३४५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्रीले ३७२३, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण ३७४६, बागमतीबाट हर्कबहादुर रावल ३६४६, गण्डकीबाट वीरेन्द्र केसी ३५७९, लुम्बिनीबाट पशुपति भण्डारी ३४६४, कर्णालीबाट उत्तमप्रसाद आचार्य ३६४६ र सुदूरपश्चिमबाट तुलाराम गिरीले ३६५१ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा आशा राईले ३४११ मत प्राप्त गरेकी छिन् ।

नेपाल बार एसोशिएसनको केन्द्रीय कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्यहरू सबैमा लोकतान्त्रिक समूह जितको नजिक छ ।

Published : Thursday, 2022 April 7, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया