माधव नेपालले सांसद नै नरहेका गोविन्दलाई मन्त्री बनाए, बडूको मन्त्रालय परिवर्तन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने भएका छन् ।

माधव नेपालको दवाव र सिफारिसमा बिहीबार कानून व्यवसायी गोविन्द बन्दी कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् ।
यसअघि बडूले कानून मन्त्रालय सम्हाल्दै आएका थिए ।

मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी पाएको बताएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख छ ।

उद्योग मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ ।

देउवाले साउन २२ गते गजेन्द्र हमाललाई उद्योग मन्त्री नियुक्त गरेका थिए । हमाललाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको जेठान भनेर आरोप लागेपछि हमालले राजीनामा दिएका थिए ।

Published : Thursday, 2022 April 7, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया