सभाति देउवासँग तरुण अध्यक्ष गुरुङद्वारा भेट, कांग्रेसलाई जिताउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङ र निवर्तमान अध्यक्ष जितजंग बस्नेतले भेट गरेका छन् ।

बुधबार बालुवाटारमा गुरुङ र बस्नेतले संयुक्त रुपमा देउवासँग भेट गरेका हुन् । भेटमा तरुण दलको भावी कार्यक्रम र योजनाका बारेमा देउवालाई जानकारी गराइएको छ ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनमा सबै तरुणहरूलाई परिचालन गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन दिएका छन् ।

तरुण अध्यक्ष गुरुङले सबै तरुणहरू परिचालन हुने बताएका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सबै सहयोग गर्ने बताएका छन् ।

Published : Wednesday, 2022 April 6, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया