होली वाइन काण्ड र क्रिश्चियनवालासँग एमालेले गठबन्धन गर्ने

काठमाडौं । होली वाइन काण्ड मच्चाएका एकनाथ ढकालले एमालेसँग चुनाव तालमेल गर्ने तयारी स्वरुप वार्ता शुरु गरेका छन् ।

नेपाल परिवार दलका अध्यक्ष ढकालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका प्रतिनिधिहरूसँग वार्ता अगाडि बढाएका हुन् ।

तीन वर्ष अगाडि ढकालले नै काठमाडौंमा क्रिश्चियनको प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री ओली, माधव नेपाल, सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरासहितका कम्युनिस्ट नेताहरू होलीवाइन खुवाएका थिए ।

ढकालको होलीवाइन काण्डको ठूलो विरोध भएको थियो । ढकालले होलीवाइन काण्डका क्रममा ओलीलाई दुई दिनसम्म होटेल सोल्टीमा राखेर १ करोड पुरस्कार समेत दिएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ढकालले आफ्नो पार्टी नेपाल परिवार दलले एमालेसँग तालमेल गर्ने जनाएका छन् ।

अध्यक्ष ढकालसहितको टोलीले एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग भेट गरी चुनावी तालमेलका विषयमा छलफल गरेको सो पार्टीले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष ढकालले बताएका छन् ।

पूर्वसांसद समेत रहेका ढकाल विवादित मानिन्छन् । उनी पैसाको भरमा मन्त्री बनेको आरोप पनि छ ।

Published : Wednesday, 2022 April 6, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया