कांग्रेसको सांस्कृतिक उप–समितिमा नाम चलेका कलाकारहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उप–समिति’ गठन भएको छ ।

समितिका संयोजक एवम् प्रवक्ता डा.प्रकाशशरण महतले उप–समितिको संयोजकमा पाँचथरका दूतबहादुर गुरुङलाई चयन गरेका हुन् । गुरुङको संयोजकत्वमा उप–समिति गठन गरिएको छ ।

उप–समितिमा नाम चलेका कलाकारहरू पनि छ ।

वसन्त सापकोटा, विमलराज क्षेत्री, टीका पुन, राधिका हमाल, सरिता लामिछाने, कस्तुप पन्त, कृष्ण रेउले, रामजी खाण, लोकराज अधिकारी, सुवास केसी, शर्मिला गुरुङलगायतलाई डा.महतले उप–समितिको सदस्यमा मनोनीत गरेका छन् ।

Published : Wednesday, 2022 April 6, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया