गगनको समितिमा आरजु मनोनीत, कम्युनिस्टलाई धुलोचटाउने योजना बनाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’लाई विस्तार गरेका छन् ।

सभापति देउवाले महामन्त्री गगनकुमार थापा संयोजकत्वको समितिलाई सोमबार विस्तार गरेका हुन् ।

समितिको सदस्यमा केन्द्रीय सदस्य आरजु राणा, मधु आचार्य, गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी रहेका छन् ।

समितिको सदस्यमा नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाण, वंशलाल तामाङ, विजयशंकर यादव पनि रहेका छन् ।

उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, इन्द्रा अधिकारी पनि सदस्यमा मनोनीत भएका छन् ।

अभिमन्यु सिंह, वुद्धिमान श्रेष्ठ, मनीष झा, जिमी लामा, शिलशिला आचार्यलाई पनि सभापति देउवाले सदस्यमा मनोनीत गरेका छन् ।

समितिको सदस्यमा मनोनीत गर्ने बेला सभापति देउवाले स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि राखेका छन् ।

Published : Monday, 2022 April 4, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया