एमाले नेतृ ‘सूर्यकुमारी’को घाँटीमा आधा किलो सुन, कम्युनिस्टद्वारा सुनका गहना प्रदर्शन

काठमाडौं । केही दिन अगाडि एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर ‘सूर्यकुमारी’ले सुनका गहना लगाएको तस्वीर सार्वजनिक गरेर गहना प्रदर्शन गरेकी छिन् ।

आइतबार बिहान सूर्यकुमारीले सामाजिक सञ्जाल फेसबुकमा सुनका गहना झपक्कै लगाएर तस्वीर सार्वजनिक गरेकी हुन् । उनले सुनको ठूलो औठी पनि लगाएकी छिन् । उनले औठीलाई पनि देखिने गरेर तस्वीर खिचेकी छिन् ।

कम्युनिस्ट नेतृले झण्डै आधा किलो सुनको गहना लगाको तस्वीर सार्वजिनक गरेपछि कार्यकर्ताले आश्चर्य जनाएका छन् ।

कम्युनिस्टले गरिव जनताका लागि राजनीति गर्ने गरेको बताउँछन् । सर्वहारा पार्टी बताउन रुचाउने एमाले र त्यसका नेताहरूले सुनका गरगहना प्रदर्शन गर्ने कुरालाई अस्वभाविक मान्न नसकिने कार्यकर्ताको भनाइ छ ।

विगतमा बाबुराम भट्टराईको पार्टीबाट राजनीति शुरु गरेकी करिश्माले आफूलाई केपी ओली निकै मन पर्ने गरेको बताउने गरेकी छिन् ।

एमालको सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा आफ्नो न्वारनको नाम ‘सूर्यकुमारी’ भएको बताएपछि करिश्मा भाइरल बनेकी थिइन् ।

Published : Sunday, 2022 April 3, 9:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया