गगनको कार्यालयमा पहिलो पटक बस्या गुटको बैठक, ४० प्रतिशत भाग नदिए आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले ४० प्रतिशत भाग माग गरेको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित महामन्त्री गगनकुमार थापाको कार्यालयमा मंगलबार बसेको गुटको बैठकले पार्टीमा ६० र ४० को भागबण्डा हुनुपर्ने निर्णय गरेको स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचनका बेला शेखर समूह र थापाको यो कार्यले कांग्रेसलाई नोक्सान हुने चर्चा छ ।

उनीहरूले ४० प्रतिशत भाग नदिएमा सभापति शेरबहादुर देउवाविरुद्ध देशभरि आन्दोलन र समानान्तर गतिविधि गर्ने निर्णय गरेको एक नेताले बताएका छन् ।

शेखर समूहले पार्टीको १४औँ महाधिवेशनका बेला भागबण्डाको राजनीति नगर्ने, गुटको राजनीति नगर्ने, भाग पनि नमाग्ने भनेर चुनावी प्रतिस्पर्धामा उत्रिएको थियोे । अहिले आएर शेखर समूहले दिनदिनै गुटको बैठक राखेर भागबण्डा गर्नुपर्नेदेखि गुट चलाउन थालेका छन् ।

महामन्त्री थापाले आफ्नो कार्यालयमा पहिलो पटक शेखर समूहको गुटको बैठक राखेर सभापति देउवाविरुद्ध देशभरि आन्दोलन गर्ने धम्की दिएका छन् ।

महामन्त्रीमा उम्मेदवार बनेका बेला थापाले आफू गुटको पक्षमा नरहेको र भाग पनि नखोज्ने भन्दै मत मागेका थिए । थापाको यो कुरालाई मन पराएर अत्याधिक मतसहित महामन्त्रीमा जिताएका थिए ।

सभापति देउवाले थापालाई विश्वास गरेर विभिन्न जिम्मेवारी पनि दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र बनाउने जिम्मेवारी दिएका छन् ।

तर, महामन्त्री थापाले गुटको बैठक आफ्नै कार्यालयमा पहिलो पटक राखेर कांग्रेसका कार्यकर्ताहरूको मन दुखाएका छन् ।

थापाको कार्यालयमा महाधिवेशनमा हारेका हरुवाहरूको पनि उपस्थिति थियो । हरुवाहरूले नै शेखर समूहले देशभरि आन्दोलन गर्ने निर्णय गराएको बुझिएको छ ।

महामन्त्री थापाले पहिलो पटक आफ्नो कार्यालयमा गुटको बैठक राखेर सभापति देउवालाई निर्वाचनका बेला असहयोग गर्ने गरेर निर्णयहरू गराएपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।

Published : Tuesday, 2022 March 29, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया