शेरबहादुर देउवाको कुरामा नाम चलेका अधिकांश नेताहरू कन्भिन्स, बालकोटमा ओलीलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

ललितपुरस्थित पार्टी कार्यालयमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै डा.महतले चुनावी गठबन्धन हुने बताएका हुन् ।

‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ’, उनले भने, ‘कांग्रेस चुनावी तालमेल गर्न उदार छ ।’

स्थानीय तहमा कांग्रेसको अवस्था हेरेर गठबन्धन गरिने डा.महतले बताएका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी छिन् । ‘गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ । हामी कमजोर भएको ठाउँमा छाड्नुपर्छ’, उनले भनेकी छिन्, ‘बलियो भएको ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्ने मेरो धारणा छ ।’

नेतृ कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएकी हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा तालमेल कै निर्णय गर्ने बताएका छन् ।

नेता पौडेलले बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखेको बताएका छन् ।

‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्ने न हो । तालमेल कुन तरिकाले गर्ने बाँकी कुरा तल्लो तहको नै टुङ्ग्याउछन्’, पौडेलले भने, ‘सबैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्नेछ ।’

केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ । सुधारको प्रयास भएको छैन ।’

अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए ।

‘अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग माग गरेको छु’, उनले भनेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउँद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डिला संग्रौला, सरिता प्रसाइँ, अमृत अर्याल, गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईलीले धारणा राखेका छन् ।

रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक चैत १४ गते सोमबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् । उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन कम्युनिस्टलाई मिल्न नदिने पक्षमा छन् । देउवाको अडानको पक्षमा केन्द्रीय कार्यसमितिमा क्रमशः माहोल बन्दै गएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली सभापति देउवाको रणनीतिबाट तनाबमा छ । एमाले एक्लिदै गएको छ । कांग्रेससँग पराजित हुने डरले ओलीले गठबन्धन भत्काउन लागेका छन् । कांग्रेस नेताहरू गठबन्धनमा देखिएपछि बालकोटमा बसेका ओलीलाई तनाब भएको छ ।

Published : Sunday, 2022 March 27, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया