महन्थ ठाकुरका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेपछि यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको बताए । उनले कांग्रेसले मात्रै देश र जनताको सेवा गर्ने बताएका छन् ।

कांग्रेसप्रति जनताको ठूलो भरोसा रहेको भन्दै यादवले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आफूले भूमिका खेल्ने बताएका छन् ।

‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले कांग्रेस प्रवेश गरेको हुँ’, उनले भनेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी एमालेको पुच्छर बनेका कारण पटक–पटक विभाजन हुँदै आएको छ ।

ठाकुरका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेससहितका दलमा प्रवेश गर्न थालेका छन् ।

Published : Sunday, 2022 March 27, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया